२१ जेठ २०८३, बिहीबार

स्पेनमा कोभिड–१९ को घट्यो मृत्युदर, केटाकेटीहरू लामो समयपछि निस्के घरबाट

बैशाख १४, २०७७
स्पेनमा कोभिड–१९ को घट्यो मृत्युदर, केटाकेटीहरू लामो समयपछि निस्के घरबाट

स्पेनमा कोरोनाभाइरसका कारण भएको मृत्युको दर घटेपछि अधिकारीहरूले नयाँ सामान्य अवस्थाका लागि योजना बनाउन थालेका छन् । हप्तौंपछि पहिलोपटक मृत्युदर दिनको ३०० मा झरेको छ । 

आइतवार १४ वर्षभन्दा मुनिका बालबालिकालाई मार्च महिनाको मध्यतिरपछि पहिलोपटक व्यायामका लागि बाहिर निस्कन दिइएको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले भाइरस संक्रमण रोक्ने प्रयासहरू सफल भएमा वयस्कहरूले पनि आगामी सप्ताहान्तबाट बाहिर गएर व्यायाम गर्न सक्ने बताएका छन् । 

स्पेनको सेन्टर फर हेल्थ इमर्जेन्सिजका प्रमुख फर्नान्डो सिमोनले हालैका आँकडामा मृत्युदर घटेको स्पष्ट देखिएको बताउँदै सरकारले १५ दिनअघि केही कामदारहरूलाई काममा फर्किन दिएको निर्णयको कुनै नकारात्मक असर नपरेको बताए । 

सिमोनले अब एक किसिमको सामान्य अवस्थामा फर्किने समय आएको बताए । 

विज्ञहरूको एक प्यानलले सरकारलाई देश सामान्य अवस्थातिर फर्काउनका लागि के कदम चाल्नुपर्छ भनी सिफारिश गरेको उनले जानकारी दिए । स्वास्थ्य प्रणालीलाई अर्को यस्तै महाव्याधिको सामना गर्न सक्ने बनाउनुपर्ने सुझाव पनि विज्ञहरूले दिएको उनको कथन छ ।

उनीहरूले द्रुत गतिको तथा आक्रामक क्वारेन्टीन तथा परीक्षण प्रणाली कायम गर्नुपर्ने अनि सामाजिक दूरीका नियमको सख्त पालना गराउनुपर्ने आग्रह समेत गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्