१० साउन २०८३, आइतबार

राष्ट्रपति भण्डारीसँग सीले भने-कोरोनाविरुद्धको लडाइँमा चीनले निरन्तर सहयोग गर्छ

बैशाख १५, २०७७
राष्ट्रपति भण्डारीसँग सीले भने-कोरोनाविरुद्धको लडाइँमा चीनले निरन्तर सहयोग गर्छ

 चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोना भाइरसविरुद्धको लडाइमा नेपाललाई निरन्तर सहयोग गर्ने उद्घोष गरेका छन्।

राष्ट्रपति विद्या भण्डारीसँग सोमबार साँझ भएको टेलिफोन संवादमा सीले कोरोनाविरुद्धको लडाइँमा नेपाललाईसहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।

टेलिफोन संवादमा सीले नेपालमा कोरोनाको संक्रमणको अवस्थाबारे चीन जानकार रहेको र प्रकोपविरूद्धकोे लडाइँलाई गहिरो समर्थन गर्ने बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

संवादमा राष्ट्रपति भण्डारीले स्वास्थ्य र चिकित्सा संस्थालाई सहयोग अभिवृद्धि गर्न आग्रह गरेकी थिइन्। सीले निन्तर सहयोगको प्रतिवद्धता जनाएका थिए।

salt training

कमेन्ट गर्नुहोस्