२२ जेठ २०८३, शुक्रबार

योग सिक्दा करिश्मा घाइते

बैशाख १६, २०७७
योग सिक्दा करिश्मा घाइते

टीभी एक्ट्रेस करिश्मा तन्ना लकडाउनमा योग गरेर आफ्नो फिटनेस कायम गरिरहेकी थिइन्।

यति मात्रै होइन करिश्मा अहिलेको समयको भरपूर फाइदा उठाउँदै योगका नयाँनयाँ आसन पनि सिकिरहेकी थिइन् तर यही नयाँ आसन सिक्ने क्रममा उनी नराम्ररी घाइते भएकी छन्। रिपोर्टअनुसार उनी हात र खुट्टासँग जोडिएका नयाँ आसन सिकिरहेकी थिइन्। यही क्रममा उनले ब्यालेन्स गुमाइन् र लडिन्।

त्यहीँ नजिकै रहेको काँचको कचौरामा ठोक्किएर उनलाई गहिरो चोट लाग्यो। करिश्माले भनिन्, 'केही नयाँ सिक्ने चक्करमा घाइते भएँ। म वृश्चिकासन गर्दै थिएँ। बीचमा मेरो फोकस डगमगायो। यस कारण मेरो ब्यालेन्स पनि बिग्रियो। अनि म बायाँतिर राखिएको ग्लास बाउलमा ठोक्किन पुगें। यो निकै डरलाग्दो थियो, मेरो खुट्टाबाट निकै रगत बगिरहेको थियो।'

'मेरो काँध र गर्दनमा पनि चोट लागेको छ। म बाहिर निस्कन सक्ने अवस्थामा थिइनँ। मैले यही अवस्थामा डाक्टरसँग फोनमा कुरा गरें। उनले मलाई केही औषधि सिफारिस गरे। यसका साथै एक हप्ता आराम गर्ने सल्लाह पनि दिए', उनले भनिन्।

करिश्मा हालै 'खतरों के खिलाडी' को १० औं सिजनमा देखिएकी थिइन्। उनी 'खतरों के खिलाडी-१०' की विजेता भइसकेको खबर पनि बाहिरिएको छ तर, सोको फनल एपिसोड टेलिकास्ट भएको छैन। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्