२८ जेठ २०८३, बिहीबार

चीनमा स्कूले विद्यार्थीहरूलाई एक मिटर लामो टोपी लगाउन आदेश (भिडियो)

बैशाख १६, २०७७
चीनमा स्कूले विद्यार्थीहरूलाई एक मिटर लामो टोपी लगाउन आदेश (भिडियो)

चीनमा तीन महिनासम्म लगाइएको बन्दाबन्दीपछि खुलेको विद्यालयमा विद्यार्थीहरूलाई सामाजिक दूरीका लागि एक मिटर लामो टोपी लगाउन आदेश दिइएको छ ।

घरैमा बनाइएको टोपीमा दुवै साइडमा लट्ठी राखिएको छ । त्यस्तो टोपी लगाएर कक्षामा पढिरहेका विद्यार्थीको एउटा भिडियो समेत सार्वजनिक भएको छ । 

एक मिटर लामो टोपीको अवधारणा झजियाङ प्रान्तको याङझेङ प्राथमिक विद्यालयले ल्याएको हो । 

होङ थर भएका प्रधानाध्यापकले टोपीका कारण विद्यार्थीहरू एकअर्कासँग सामाजिक दूरी राख्ने बताए । 

‘हामीले विद्यार्थीहरूलाई एकअर्कासँग कम्तीमा एक मिटर (तीन फीट) को दूरी राख्नका लागि एक मिटरको टोपी लगाउन भनेका हौं,’ होङले पत्रकारहरूलाई बताए । 

शिक्षकहरूले विद्यार्थीहरूलाई घरमा नै टोपी बनाउन आदेश दिएका थिए । 

विद्यार्थीहरूलाई आफ्ना सहपाठीसँग कुनै पनि भौतिक सम्पर्क नगर्न भनिएको छ अनि टोपी पनि नछुन भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्