०५ साउन २०८३, मंगलबार

लकडाउन उल्लंघनको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र शाही रिहा

बैशाख १६, २०७७
लकडाउन उल्लंघनको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र शाही रिहा

आफूलाई भ्रष्टाचारविरुद्धको नागरिक अभियन्ता बताउने ज्ञानेन्द्र शाही रिहा भएका छन्।

लकडाउन उल्लंघनको आरोपमा पक्राउ परेका शाहीलाई मंगलबार सर्वोच्च अदालतका  न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र डा मनोजकुमार शर्माको संयुक्त इजलासले थुनामक्त गर्न आदेश दिएसँगै उनी रिहा भएका हुन्।

प्रक्रिया पूरा नगरी भएको कार्यले कानूनी मान्यता प्राप्त गर्न नसक्ने भन्दै सर्वाेच्चले उनलाई रिहा गर्न भनेको थियो। 

गैरकानूनी रुपमा शाहीलाई हिरासतमा राखिएको उल्लेख गर्दै अधिकारकर्मी इन्द्र अर्यालले सर्वोच्च अदालतमा यही वैशाख १२ गते बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए।

शाहीलाई ललितपुर प्रहरीले वैशाख ९ गते पक्राउ गरेको थियो। 

 

salt training

कमेन्ट गर्नुहोस्