×

NMB BANK
NIC ASIA

पुनर्निर्माण प्राधिकरणलाई बजेट खर्च गर्नै हम्मे, नौ महिनामा आधा पनि खर्च भएन

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, ११ वैशाख –राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सरकारले विनियोजन गरेको बजेट खर्च गर्नै हम्मे परेको छ । भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन भन्दै सरकारले विनियोजन गरेको बजेटको आधा रकम खर्च गर्न पनि प्राधिकरणलाई ठूलै सकस देखिएको हो ।

पुनर्निर्माणलाई गति दिन भन्दै सरकारले चालू आर्थिक वर्ष (आव) मा १ खर्ब ७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । प्राधिकरणका अनुसार सरकारले पुनर्निर्माणतिर छुट्याएको उक्त रकममध्ये चालू आवका लागि करीव ७० अर्ब रुपैयाँमात्र निकासा भएको छ । तर, उक्त बजेटको करीव आधा परिमाणमात्र खर्च हुन सकेको छ ।

प्राधिकरणका प्रवक्ता यमलाल भूषालले हालसम्म विनियोजित बजेटको ३४ अर्ब रुपैयाँमात्र खर्च हुन सकेको बताए ।
प्राधिकरणका अनुसार आव २०७२/७३ मा यो वर्षभन्दा पनि कम बजेट खर्च भएको थियो । आव २०७२/७३ मा कुल ७४ अर्ब रुपैयाँ बजेट विनियोजन भएको थियो । जसमध्ये ४ अर्ब रुपैयाँमात्र खर्च हुन सकेको थियो ।

कति घर बने ?
प्राधिकरणका अनुसार भूकम्पप्रभावित ११ जिल्लामा हालसम्म ३ हजार ५ सय ५४ घर निर्माण सम्पन्न भएका छन् । जसमध्ये १८ हजार ६ सय ६३ लाभग्राहीले आफैंले घर निर्माण सम्पन्न गरेका छन् ।

प्राधिकरणका अनुसार भूकम्पप्रभावित १४ जिल्लामा हालसम्म ६ लाख ६६ हजार ९५ लाभग्राही पहिचान भएका छन् । जसमध्ये ५ लाख ६२ हजार २ सय ७८ लाभग्राहीसँग अनुदान सम्झौता भएको छ ।

८३ हजारले पाएनन् अझै पनि पहिलो किस्ता
प्राधिकरणका अनुसार अझै पनि ८३ हजार भूकम्पपीडितले अनुदानबापतको पहिलो किस्ता रकम पाउन सकेका छैनन् । त्यस्तै, दोस्रो किस्ताका भुक्तानीका लागि हालसम्म १४ हजार ५ सय ५७ घरमात्र प्रमाणीकरण गरिएको छ । तेस्रो किस्ताका लागि भने हालसम्म ७ सय ८ घरमात्र प्रमाणीकरण भएका प्राधिकरणको भनाई छ ।

सरकारले भूकम्पप्रभावित १४ जिल्लामा पहिलो, दोस्रो र तेस्रो किस्ताबापत क्रम्शः ५० हजार, साढे १ लाख र ५० हजार रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो ।

त्यस्तै, भूकम्पप्रभावित बाँकी १७ जिल्लामा निजी आवास अनुदानका लागि ९० हजार ५ सय ५६ लाभग्राहीहरू पहिचान भई अनुदान सम्झौताको काम अघि बढेको प्राधिकरणले जनाएको छ ।

भूकम्पबाट क्षतिगस्त पुरातात्विक सम्पदामध्ये हालसम्म प्राधिकरणले १८ सम्पदाको पुनर्निर्माण सम्पन्न गरेको छ । भूकम्पबाट मुलुकभर ७ सय ५० सम्पदा क्षतिग्रस्त भएका थिए ।

त्यस्तै, पुनर्निर्माण गर्नुपर्ने ७ हजार ९ सय २३ विद्यालयमध्ये हालसम्म १ हजार १ सय ४९ विद्यालयको निर्माण सम्पन्न भएको र एक हजार ५९ विद्यालय निर्माणको चरणमा रहेका प्राधिकरणले जनाएको छ ।

मुलुकभर क्षतिग्रस्त २ सय स्वास्थ्य संस्था, ३ सय ६३ खानेपानी आयोजना र सुरक्षा निकायका ३३ संरचना पुनर्निर्माण सम्पन्न गरेको प्राधिकरणको भनाई छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईआ) डा. गोविन्दराज पोखरेलले आशातित गतिमा पुनर्निर्माणको कामलाई गति दिन नसकेको स्वीकारे । भूकम्प गएको २ वर्ष पुगेको अवसरमा प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सीईओ पोखरेलले दक्ष जनशक्तिको अभाव, कार्यविधिका जटिलता, निर्माण सामग्रीको अभाव लगायतका कारण पुनर्निर्माणको कामले गति लिन नसकेको स्वीकारे ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x