×

NMB BANK
NIC ASIA

कृष्णसार संरक्षणमा चुनौती

बैशाख २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

दुर्लभ  जनावर कृष्णसारको संख्या वृद्धिसँंगै संरक्षणमा  चुनौती देखिएको छ ।  नेपालमा बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं २ खैरापुरस्थित पण्डितपुरमा यसलाई संरक्षण गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

खुला खेतमा नजीकैको जंगलबाट निस्किएका बाघ, स्याल र  भुस्याहा कुकुरले कृष्णसारको बच्चालाई दिनदिनै आक्रमण गर्दा संरक्षणमा चुनौतीसंँगै जनावर संकटमा परेको कृष्णसार संरक्षण केन्द्रका संरक्षण प्रमुख अर्जुन भुसालले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृष्णसारले बच्चा जन्माउने यो उपयुक्त समय मानिन्छ । गत वर्ष चैत र यस वर्ष वैशाखमा झण्डै ५०  बच्चा जन्मिएका छन् । गत वर्ष  २१६  कृष्णसार रहेकामा गत चैत र यही वैशाखमा जन्मिएका ५०  बच्चासहित २६६ पुगेका छन् । संरक्षण केन्द्रमा जंगली जनावरको आक्रमणबाट पछिल्लो दुई महिनामा मात्रै १० नयाँ बच्चा मारिएको उनले बताए ।


Advertisment
Nabil box
Kumari

 पण्डितपुरमा रहेको ७०८ बिघा क्षेत्रफलमा फैलिएको क्षेत्रलाई कृष्णसार संरक्षण क्षेत्र घोषित गरिए पनि ऐन कार्यान्वयन र संरक्षण व्यवस्थित हुन नसकेको कर्मचारी बताउँछन् । कृष्णसार संरक्षण क्षेत्रको जग्गामा स्थानीय करीब ५० घरपरिवारले झण्डै तीन सय बिघा जमीन अतिक्रमण गरेका छन् ।

Vianet communication
Laxmi Bank

कृष्णसार चरिचरनमा क्षेत्रमा हरियो घाँस र पर्याप्त पिउने पानीको अभाव छ । संरक्षण क्षेत्रमा माउ तथा बच्चा चरनका लागि टाढासम्म जाने गर्नाले जंगली जनावरको आक्रमणमा परी घाइते हुने तथा मर्ने गरेकाले संरक्षणमा चुनौती देखिएको छ ।

कृष्णसारको संरक्षण गर्न राम्रो तारबार र चरिचरन क्षेत्र हरियो बनाउन  राम्रो सिँचाइको व्यवस्थान हुनुपर्ने कर्मचारीको सुझाव छ । विसं २०३२ देखि कृष्णसारलाई संरक्षण गर्न थालिएको भए तापनि खासै उल्लेखनीय काम भने हुन नसकेको संरक्षण प्रमुख भुसालले बताए। 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x