०४ असार २०८३, बिहीबार

महेश बस्नेत र सर्वेन्द्र खनाल विरुद्धको अपहरण मुद्दा दर्ता

बैशाख २२, २०७७
महेश बस्नेत र सर्वेन्द्र खनाल विरुद्धको अपहरण मुद्दा दर्ता

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सांसद डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धी मुद्दा दर्ता गरेको छ ।

सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आईजीपी सर्वेन्द्र खनाललाई आरोपित गर्दै अपहरण मुद्दा दर्ता भएको छ ।

यसअघि दर्ता गर्न अस्वीकार गरेपनि सोमवार कार्यालयले मुद्दा दर्ता गरेको डा. सुरेन्द्र यादवका तर्फका कानून व्यवसायी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लोकान्तरलाई जानकारी दिए ।

मुद्दाको दर्ता नम्बर दर्ता नम्बर १०४७ रहेको त्रिपाठीले बताए । यसअघि महानगरीय प्रहरी परिसर र वकिल कार्यालयले मुद्दा दर्ता गर्न अस्वीकार गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्