
संघीय संसद्को महासचिवमा डा. भरतराज गौतम सिफारिश भएका छन् ।
प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको सिफारिशमा राष्ट्रपति संसद्को महासचिव नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
संघीय संसद् सचिवालयका सचिव गौतमको नाम महासचिवका लागि सिफारिश भएको संसद्का प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
तत्कालीन महासचिव मनोहर भट्टराईको कार्यकाल सकिएपछि प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले गत चैत्र ४ गतेदेखि कार्यवहाक महासचिवको रूपमा काम गर्दै आएका थिए ।
योगीलाई कार्यबहाक महासचिव बनाइएपछि सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाबीच मनमुटाव भएको थियो ।
गौतम संसद् सेवाका कर्मचारी हुन् । उनी संसद् सचिवालयको वरिष्ठ सचिव थिए ।
संसद्को बजेट अधिवेशन २६ गतेदेखि शुरू हुँदैछ ।