०८ साउन २०८३, शुक्रबार

सरकारी खाता अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन

बैशाख २२, २०७७
सरकारी खाता अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले सञ्चालनमा रहेका सरकारी खाता अद्यावधिक गर्न निर्देशन दिएको छ।  त्यस्तै,  हालसम्म नखोलिएका खाताहरू खोल्न पनि पुनःनिर्देशन दिएको छ।

बैंकले आगामी १ जेठपश्चात् हुने सरकारी कारोबार ‘सरकारी कारोबार निर्देशिका २०७६’ बमोजिम हुने जनाएको छ। यही वैशाख मसान्तभित्र सम्बन्धित निकायको समन्वयमा सम्पूर्ण खाता खोली अद्यावधिक गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ।

इमेलमार्फत् सरकारी कारोबारको नियमित प्रतिवेदन पेश गर्ने गरिएको र सोही प्रतिवेदनका आधारमा दैनिक हिसाब मिलान गरिने भएकाले त्यसरी पत्राचार गर्दा कतिपय अवस्थामा सम्बन्धित कर्मचारीको व्यक्तिगत इमेलमार्फत् प्रतिवेदन पेश हुने गरेको पाइएको बैंकको भनाइ छ।

सरकारी कारोबारसम्बन्धी प्रतिवेदन पेश गर्न छुट्टै इमेलको व्यवस्था गरी सोहीमार्फत् पत्राचार गर्न केन्द्रीय बैंकले आग्रह गरेको छ।  

salt training

कमेन्ट गर्नुहोस्