
स्विडेनमा कोरोनाभाइरसको संक्रमण रोक्न बन्दाबन्दी त लगाइएको छैन तर सामाजिक दूरीको पालना चाहिँ गरिएको छ ।
तर त्यहाँको एक रेस्टुराँले सामाजिक दूरीको अवधारणालाई अर्को तहमा पुर्याएर दिनको जम्मा एकजना ग्राहकलाई सेवा गर्ने भएको छ । एउटा खेतको बीचमा कुर्सी तथा टेबल राखिएको छ अनि डोरीमा टाँसेर एउटा बास्केट झुण्ड्याइएको छ ।
रेस्टुराँको नाम नै एकजनाका लागि टेबल हो । यो मे १० मा खुल्दैछ र अगस्ट १ सम्म सञ्चालन गरिनेछ ।
रासमस पेर्सोन र लिन्डा कार्लसनले यस्तो रेस्टुराँको आइडिया फुराएका हुन् ।
कार्लसनको मातापितालाई भेटेन जाँदा दुवैले सामाजिक दूरीको सम्मान गर्ने बताए । पेर्सोन पूर्व शेफ हुन् र उनले सासूससुरालाई खाना बनाएर घरबाहिर राखिएको एक टेबलमा झ्यालबाट खाना सर्भ गरे ।
त्यसपछि उनीहरूले यस्तै गरी टाढा एउटा कुर्सी राखेर खाना पस्किने रेस्टुराँको विचार फुराए ।
स्विडेनको फार्मल्यान्डमा एउटा खेतको बीचमा एउटा टेबल र कुर्सी राख्ने अनि भान्साबाट कुर्सीसम्म पुग्ने गरी डोरीमा बास्केट झुण्ड्याएर पठाउने योजना उनीहरूले बनाए ।
दिनमा एकजना मात्र ग्राहकको सेवा गर्ने अनि दुईपटक भाँडा माझ्ने र टेबललाई शुद्धीकरण गर्ने कार्लसनले बताइन् ।
तर खानाको पैसा निकै महंगो पर्ने कार्लसनको भनाइ छ । ग्राहकले कतिसम्म तिर्न सक्छन् भन्ने कुरा पहिल्यै छलफल गरिने उनको भनाइ छ ।