१६ असार २०८३, मंगलबार

एमाले विरुद्ध खनियो मधेसी मोर्चा, देशव्यापी अभियान चलाउने

कात्तिक २०, २०७४
एमाले विरुद्ध खनियो मधेसी मोर्चा, देशव्यापी अभियान चलाउने
काठमाडौं, ७ पुस–मधेसी मोर्चाले संविधान संसोधन प्रस्तावविरुद्ध एमालेसहितका विपक्ष दलहरुले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । मोर्चा बैठकले राष्ट्रियताको नाममा विपक्षी दलहरुले राष्ट्रिय अखण्डता विरोधी गतिविधि गरिरहेको निष्कर्ष समेत निकालेको छ ।

काठमाडौको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा विहिबार बसेको बैठकले सरकार समेत संशोधन प्रस्ताव पास गराउन गम्भीर नभएको आरोप लगाएको छ ।

बैठकपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संसोधन प्रस्तावविरुद्ध प्रतिपक्षी दलहरुले दिएका अभिव्यक्तिले मुलुकको अखण्डता र जातीय एकता कम्जोर हुने भन्दै आपत्ति जनाए । मोर्चाले संशोधन पारित गराउन देशव्यापी अभियान चलाउने पनि बताएको छ तर मिति तोकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्