१९ असार २०८३, शुक्रबार

उदयपुरमा थप १ जनामा कोरोना पुष्टि, मुलुकभर संक्रमितको संख्या १ सय १० पुग्यो

बैशाख २८, २०७७
उदयपुरमा थप १ जनामा कोरोना पुष्टि, मुलुकभर संक्रमितको संख्या १ सय १० पुग्यो

उदयपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उदयपुरको झुल्के निवासी ४३ वर्षीया महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले पुष्टि गरेका हुन् । 

कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ भने उनलाई चिकित्सकको निगरानीमा राखिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्