२४ असार २०८३, बुधबार

ओली र प्रचण्डको विज्ञप्ति आएको भोलिपल्टै माधव नेपालको छुट्टै विज्ञप्ति

बैशाख २८, २०७७
ओली र प्रचण्डको विज्ञप्ति आएको भोलिपल्टै माधव नेपालको छुट्टै विज्ञप्ति
फाइल तस्वीर

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विदेश विभाग प्रमुख माधवकुमार नेपालले एक विज्ञप्ति जारी गर्दै कोभिड १९ का विरुद्ध लडिरहेका बेला भारतले नेपाली भूमिबाट चीनको मानसरोवर जाने बाटो बनाउनु दुखद र आपत्तिजनक रहेको जनाएका छन् ।

उनले भारतको यस्तो कार्यले दुई देश बीचमा यसअघि भएका सम्झौता र सहमतिहरूको गम्भीर उल्लङ्घन भएको उल्लेख गरेका छन् ।

‘नेपालको सार्वभौमसत्ता र अखण्डतामाथि प्रहार भएको हामीले महसुस गरेका छौं,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘अतः हाम्रो पार्टी भारत सरकारको उक्त कदमको तीव्र विरोध गर्दै नेपाली भूमिभित्र कुनै पनि संरचना निर्माण र प्रयोग नगर्न आग्रह गर्दछ ।’

नेता नेपालको यो विज्ञप्ति अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्ति निकालेपछि आएको हो । दुई अध्यक्षद्वारा संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्ति शनिवार सार्वजनिक गरिएको थियो । उक्त विज्ञप्तिमा पनि नेपाली भूमिमा भारतले बनाएको सडक संरचनाको भ्रत्सना गरिएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्