
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा आज कोरोना संक्रमित नभेटिएको जानकारी दिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रत्रकार सम्मेलनमा कोरोना भाइरसका नयाँ संक्रमित नभेटिएको उनले बताएका हुन् ।
स्वास्थ्य मंत्रालायाले लकडानका कारण अस्पतालका ओपीडी सेवाहरू बन्द हुन गएकाले नियमित स्वास्थ्य परिक्षण गर्ने बिरामीलाई असर परेकाले देशभरका अस्पताललाई ओपीडी सेवालाई न्यूनतमा सावधानी अपनाएर सञ्चालन गर्न समेत आग्रह गरेको छ ।
त्यस्तै देवकोटाले जनस्वास्थ्यका खोप, सुरक्षित मातृत्व जस्ता कार्यक्रमहरू नियमित सञ्चालन गर्न समेत आग्रह गरे ।
उनले हालसम्म पीसीआरबाट १६ हजार ८ सय ९८ कोरोना भाइरसको परीक्षण गरेको जानकारीसमत दिए । यस्तै आरडीटी विधिबाट ५६ हजार ६ सय ५७ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ ।
उनले पछिल्लो २४ घण्टामा १ हजार ३१६ वटा परीक्षण गरेको बताए । प्रदेश १ मा आरडीटी विधिबाट ७ हजार १ सय, प्रदेश २ मा ५ हजार ८९०, बाग्मती प्रदेशमा ९ हजार १८१, गण्डकी प्रदेशमा ६ हजार ३५०, प्रदेश ५ मा ६ हजार ७७४, कर्णाली प्रदेशमा ६ हजार ३६३, सुदुरपश्चिम प्रदेशमा १४ हजार ९१० परिक्षण गरिएको उनले बताए ।
उनले अहिले देशभरमा १३ हजार ६ सय २५ जना क्वारेन्टाइनमा रहेका जानकारी दिए ।