०३ असार २०८३, बुधबार

संक्रमणको जोखिम बढ्ने भन्दै यार्सागुम्बा संकलनमा रोक

बैशाख २८, २०७७
संक्रमणको जोखिम बढ्ने भन्दै यार्सागुम्बा संकलनमा रोक

वर्षैपिच्छे संकलन गरिँदै आएको यार्सागुम्बा सङ्कलनमा यस वर्ष रुकुम (पूर्व) मा रोक लगाइएको छ ।

यार्सा सङ्कलन गरिने ठाउँमा मानिसको भीड हुने भएकाले यस वर्ष यार्सा संकलनमा रोक लगाउनुपरेको पुथाउत्तरगङ्गा गाउँपालिकाले जनाएको छ ।

भीडभाडमा कोरोना संक्रमणको जोखिम उच्च हुने कारण यार्सा संकलनमा रोक लगाइएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताए ।

जिल्लाको हिमाली क्षेत्रमा पाइने यार्सा सङ्कलन यस वर्ष रोक्नका लागि दलीय संयन्त्र समितिले गाउँकार्यपालिकालाई यसअघि नै प्रस्ताव पेश गरेको थियो ।

गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा यार्सा पाइन्छ । विगत वर्षमा यार्सा व्यवस्थापन समितिले यार्सा संकलनका लागि जेठ पहिलो साता खुला गथ्र्याे।

गाउँपालिका १, २ र ३ को पानीढल, फूलबारी अरविजा, जंगला, पूपाल, पूर्वाङ, भित्रीवन, उङ्ला, निम्कुलगायत ठाउँमा यार्सागुम्बा पाइने गरेको उपाध्यक्ष शाहीले जानकारी दिए ।

यस क्षेत्रका सर्वसाधारणको आम्दानीको मुख्य स्रोत यार्सागुम्बाबाट एक याममा स्थानीयवासीले वर्षभरिको आवश्यक घर खर्च, पढाइलगायतका लागि आम्दानी गर्छन् ।

सङ्कलन याममा एक महिनासम्म बुकीमै बिताउने उनीहरुले प्रतिपरिवार यार्सा टिपेरै न्यूनतम रु ३० हजारदेखि रु पाँच लाखसम्म आम्दानी गर्ने गरेको स्थानीयवासी बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्