०२ असार २०८३, मंगलबार

लिपुलेक सीमा विवादमा सरकारलाई राप्रपाका पाँच सुझाव

बैशाख २८, २०७७
लिपुलेक सीमा विवादमा सरकारलाई राप्रपाका पाँच सुझाव

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भारतले नेपाली भूमि लिपुलेक हुँदै चीन जोड्न सडक बनाएपछि आपत्ति जनाएको छ ।

राप्रपाका अध्यक्षत्रय पशुपति शम्शेर राणा, डा प्रकाशचन्द्र लोहनी र कमल थापाले आइतबार वक्तव्य जारी गर्दै  भारतले अतिक्रमण गरेको नेपाली भूमिका विषयमा अन्तर्राष्ट्रिय क्षेत्रको ध्यानाकर्षण गराउन सरकारसँग माग गरिएको छ।

सुगौली सन्धिअनुरुप महाकाली नदी पूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र नेपालको अभिवाज्य भूमि भएको उल्लेख गर्दै राप्रपाले  भनेको छ, ‘सहमति अनुसार वार्ताबाट समस्या समाधान गर्ने तथा नेपाली भूमीबाट भारतीय सेना फिर्ता लैजानुको सट्टा भारतले सो क्षेत्रमा एकपक्षीय ढंगबाट सडक बनाई यातयात संचालन कार्य शुरु गरेको छ।’ 

राप्रपाले यो सम्बन्ध्मा सरकारलाई पाँच बुँदे सुझाव पनि दिएको छ

-नेपाली भूमिको अतिक्रमण, सेनाको उपस्थिति र सडक निर्माण कार्यको बिरोध गर्दै तत्काल कुटनीतिक वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्दै भारत सरकारलाई पत्राचार गर्ने।

-भारतीय राजदुतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर विरोध जनाउने।

-यस विषयमा राष्ट्रिय सहमतिको आधारमा भावि रणनीति तयार गर्न सर्वदलीय बैठक अबिलम्ब बोलाउने।

-यस सम्बन्धमा अन्तर्रा्ष्ट्रिय क्षेत्रको समेत ध्यानाकर्षण गर्न आवश्यक पहल गर्ने।

-त्रिदेशीय बिन्दु सम्बन्धमा निर्णय गर्दा नेपालसंग परामर्श र सहमति नगरेको प्रति खेद प्रकट गर्दै त्यसवारे चिनियाँ सरकारको ध्यानाकर्षण गराउने । 

 

 

 
  

salt training

कमेन्ट गर्नुहोस्