०३ साउन २०८३, आइतबार

मन्त्रीबाट राजीनामा दिएपछि पहिलो पटक संसदमा गोकुल बास्कोटा– पाखण्डी प्रवृत्तिबारे बोल्नुछ !

बैशाख २९, २०७७
मन्त्रीबाट राजीनामा दिएपछि पहिलो पटक संसदमा गोकुल बास्कोटा– पाखण्डी प्रवृत्तिबारे बोल्नुछ !
फाइल तश्वीर

सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ घूस मोलमोलाइ गरेको आरोप लागेपछि संचार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका नेकपा सांसद गोकुल बास्कोटा लामो समयपछि संसदमा बोलेका छन् ।

आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका लागि बास्कोटा सोमवार संसद्को रोस्ट्रममा उभिएका हुन् ।

‘हुनत मलाई केही कुराहरू बोल्नु थियो, मेरो आफ्नो बारेमा तथ्य राख्नुछ । पाखण्डी प्रवृत्तिबारे बोल्नुछ, आर्थिक र राजनीतिक क्षेत्रका हत्या र प्रवृत्तिबारे पनि मैले बोल्नुछ,’ बास्कोटाले भने, ‘सामाजिक आर्थिक र राजनीतिक शुद्धताका केही मानकका बारेमा पनि केही खुला बहस गर्न मन छ ।’

उनले अगाडि थपे, ‘समय मैले यस विषयमा पाएको होइन त्यसैले सुशासन के हो ? भ्रष्टाचार के हो ? त्यसविरुद्धको अडान के हो ? र दृढता के हो ? र कमिसन के हो यी विषयमा पनि मलाई बोल्न मन थियो, म बोल्ने नै छु । त्यसका लागि मैले समय माग्छु, त्यसका लागि मैले विशेष समय पाउनुपर्छ भन्ने पनि माग राख्न चाहन्छु ।’

आफ्नोविरुद्ध लागेको आरोपबारे संसदमा बोल्न पाउनुपर्ने बास्कोटाले बताए । उनले आगामी दिनमा आफूलाई विशेष समय उपलब्ध गराउन माग गरे । 

सेक्युरिटी प्रेस खरिद गर्ने विदेशी कम्पनीका नेपाली एजेन्टसँग ७० करोड मोलमोलाइ गरेको अडियो बाहिर आएपछि बास्कोटाले फागुन ८ गते राजीनामा गरेका थिए । उनी काभ्रेबाट निर्वाचित नेकपा सांसद हुन् । 

salt training

कमेन्ट गर्नुहोस्