०३ असार २०८३, बुधबार

थप १३ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १३४ पुग्याे

बैशाख २९, २०७७
थप १३ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १३४ पुग्याे
प्रतिकार्यात्मक तस्वीर।

नेपालमा थप १३ जनामा काेराेना संक्रमण देखा परेकाे छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा भएकाे परीक्षणबाट १३ जनामा संक्रमण पुष्टि भएकाे हाे। कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको हाे। यसअघि साेमबार नै ११ जनामा काेराेनाकाे संक्रमण देखिएकाे थियाे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कपिलवस्तुकाे यसाेधरा गाउँपालिका-८ र वुद्भभूमि नगरपालिका-७ मा १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे। त्यस्तै रुपन्देहीकाे समरीमाइ गाउँपालिका-७ र लुम्बिनी-साँस्कृति गाउँपालिका-६ मा २४, २६, २७, ३०, ३२, र ४० वर्षीय पुरुष तथा बर्दिया राजापुर ५ की ११ वर्षीया बालिकामा काेराेनाकाे संक्रमण देखिएकाे हाे।

याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १ सय ३४ पुगेकाे छ।

 

salt training

कमेन्ट गर्नुहोस्