०२ साउन २०८३, शनिबार

प्रदेश ५ मा कोरोना संक्रमित बढेपछि कर्णालीमा उच्चस्तरीय बैठक, लकडाउन प्रभावकारी बनाइने

बैशाख २९, २०७७
प्रदेश ५ मा कोरोना संक्रमित बढेपछि कर्णालीमा उच्चस्तरीय बैठक, लकडाउन प्रभावकारी बनाइने

कर्णाली प्रदेशमा लकडाउनलाई अझ प्रभावकारी बनाइने भएको छ।

छिमेकी प्रदेश ५ मा कोरोना भाइरसका संक्रमित बढिरहेका बेला कर्णालीको उच्चस्तरीय अनुगमन समितिको बैठक सोमबार सम्पन्न भएको थियो। कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा बसेको अनुगमन समितिको बैठकले लकडाउन थप प्रभावकारिताका लागि सम्बद्ध निकायलाई सक्रिय बनाउने निर्णय गरेको हो।

लकडाउनलाई प्रभावकारी बनाउन गाउँपालिकासहितलाई सक्रिय बनाउने र घोषित नीति अनुसार कृषि, खाद्यान्नलगायतका आपूर्ति गर्न प्रदेश विपद् व्यवस्थापन केन्द्रसँग आवश्यक समन्वय गर्ने निर्णय भएको भण्डारीले बताए।

salt training

कमेन्ट गर्नुहोस्