०२ असार २०८३, मंगलबार

पाकिस्तानमा कोरोना संक्रमितको संख्या ३० हजारभन्दा बढी

बैशाख २९, २०७७
पाकिस्तानमा कोरोना संक्रमितको संख्या ३० हजारभन्दा बढी

पाकिस्तानमा कोरोनाभाइरसबाट संक्रमितको संख्या ३० हजारभन्दा बढी भएको छ। 

सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार देशभरी कुल संक्रमितको संख्या ३० हजार ९४१ पुगेको छ। 

पछिल्लो २४ घण्टामा एक हजार ४ सय ७६ जना थपिएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । यो सङ्ख्या अत्यन्त धेरै भएको उनीहरुको भनाइ छ।

सङ्क्रमितमध्ये सवैभन्दा धेरै पञ्जाव प्रन्तमा रहेका छन् । त्यहाँ एघार हजार ५६८ जना सङ्क्रमित भएको जनाइएको छ । 

त्यसैगरी एघार हजार ४८० जना सिन्ध प्रान्तमा, चार हजार ६६९ जना खैबर पख्तुङ्ख्वामा, दुई हजार १७ जना बालुचिस्तानमा, ६७९ जना इस्लामावादमा, ४४२ जना गिल्गित बाल्टीस्तानमा र ८६ जना पाकिस्तान नियन्त्रित काश्मिरमा सङ्क्रमित भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्