०३ साउन २०८३, आइतबार

बालुवाटारमा शुरू भयो सर्वदलीय बैठक

बैशाख ३१, २०७७
बालुवाटारमा शुरू भयो सर्वदलीय बैठक

कालापानी क्षेत्रमा भारतले नेपाली भूमि अतिक्रमण गरेपछि सरकारले लिनुपर्ने रणनीतिको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक शुरू भएको छ ।

प्रधामनन्त्री निवास बालुवाटारमा शुरू भएको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल र पूर्वप्रधानमन्त्रीहरू सहभागी छन् ।

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीहरूलाई समेत आमन्त्रण गरिएको जानकारी दिए ।

यसअघि भारतले नयाँ नक्सा जारी गरेपछि पनि प्रधामनन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गरेका थिए ।

बुधवारको बैठकमा सरकारले कोरोनाविरुद्धको अभियानलाई कसरी प्रभावकारी बनाउने तथा लकडाउनलाई थप प्रभावकारी र व्यवस्थित कसरी बनाउने भन्नेबारे पनि छलफल हुने स्रोतले बतायो ।

salt training

कमेन्ट गर्नुहोस्