३० असार २०८३, मंगलबार

चीनद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग, राजदूतले गरिन् हस्तान्तरण

बैशाख ३१, २०७७
चीनद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग, राजदूतले गरिन् हस्तान्तरण

चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई कोरोना भाइरस रोकथाम र उपचारका लागि उपयोग हुने स्वास्थ्य सामग्री प्रदान गरेको छ। 

चिनियाँ सेनाबाट प्राप्त स्वास्थ्य सामग्री बुधबार जंगीअड्डामा आयोजित कार्यक्रममा चिनियाँ राजदुत होउ यान्छीले प्रधानसेनापति पूर्णचन्द्र थापालाई  हस्तान्तरण गरेकी हुन्। 

चिनियाँ सेनाले नेपाली सेनालाई पिपिई, एन ९५ मास्क, कोरोनाभाइरसको परीक्षणमा प्रयोग हुने रसायन र अस्पतालका बेड, गगल्सलगायतका अन्य विभिन्न मेडिकल सामग्री हस्तान्तरण गरेको हो।     

चीनको जनमुक्ति सेनाले सहयोग उपलब्ध गराएको स्वास्थ्य सामग्रीसहित चिनियाँ वायु सेनाको विमान बुधबार बिहान मात्र काठमाडौँ अवतरण गरेको थियो।  मंगलबारकाे रक्षामन्त्री स्तरीय निर्णयले सेनालाई सहयाेग सामग्री स्वीकार गर्न अनुमति दिएकाे थियाे।

राजदूत यान्छीले ट्वीट गर्दै 'चीन नेपालसँग सधै एकजुट हुन्छ' भनेकी छन्।

 

 

salt training

कमेन्ट गर्नुहोस्