०२ असार २०८३, मंगलबार

जापानी वैज्ञानिकहरूले बनाए भिर्ने झोलामा राख्न मिल्ने विद्युतीय बाइक (भिडियो)

जेठ १, २०७७
जापानी वैज्ञानिकहरूले बनाए भिर्ने झोलामा राख्न मिल्ने विद्युतीय बाइक (भिडियो)

जापानका अनुसन्धाताहरूले पट्ट्याउँदाखेरी भिर्ने झोलामा समेत राख्न मिल्ने विद्युतीय बाइक बनाएका छन् । 

पोर्टेबल यान्ड इन्फ्लेटेबल मोबिलिटी (छोटकरीमा पोइमो) नाम दिइएको विद्युतीय बाइकलाई टोक्यो विश्वविद्यालयको अनुसन्धान टोलीले बनाएको हो । उनीहरू छोटो र मध्यम दूरीको यातायातलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनी अनुसन्धान गरिरहेका थिए । 

त्यसक्रममा उनीहरूले पट्ट्याउन मिल्ने हलुका विद्युतीय बाइक बनाए जसलाई मानिसले सार्वजनिक यातायातमा उभिँदा झोलामा राख्न मिल्छ ।

अनि सार्वजनिक यातायात नपुगेको ठाउँमा झोलाबाट बाइक निकालेर त्यसलाई फुलाएर त्यसमा चढेर जान मिल्छ । 

पोइमो थर्मोप्लास्टिक पोलीयुरेथेन (टीपीयू) फ्याब्रिकबाट बनेको स्पेक्ट्रम पत्रिकामा प्रकाशित एक समाचारमा उल्लेख छ । 

बाइकमा एउटा सानो विद्युतीय पम्प छ जसले यसको फ्रेमलाई एक मिनेटमा फुलाइदिन्छ । 

बाइकको फ्रेममा रबरका दुई जोडी साना ह्वील जडिएका छन् र सानो विद्युतीय मोटर पनि छ । अनि बाइकको ह्यान्डलबारमा जोडिएको वायरलेस नियन्त्रक पनि छ । 

यस बाइकको तौल साढे ५ किलो छ र अनुसन्धाता टोलीले यसभन्दा पनि हलुका बाइक भविष्यमा बनाउने योजना रहेको बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्