०७ साउन २०८३, बिहीबार

कोरोना संकटका बेलामा आईएस आतंकवादीहरू नयाँ षड्यन्त्रको तानाबाना बुन्दै

जेठ १, २०७७
कोरोना संकटका बेलामा आईएस आतंकवादीहरू नयाँ षड्यन्त्रको तानाबाना बुन्दै

इराकमा आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) का लडाकूहरू गाउँहरूमा लुकेर बसेको र नयाँ आतंकवादी आक्रमणको षड्यन्त्र गरिरहेको पाइएको छ । 

उक्त देशमा रहेका नर्वेका सैनिकहरूले कोरोनाभाइरस संकटका कारण उत्पन्न चुनौतीको फाइदा उठाउँदै आईएस लडाकूहरूले पुनः एकजुट हुने काम थालेको बताए । 

‘भाइरसले अरूलाई शान्त बनाउँदा आईएसलाई चाहिँ सक्रिय बनाएको छ र थप आतंकवादी आक्रमणका लागि उनीहरू योजना बनाइरहेका छन्,’ कर्नेल लेफ्टिनेन्ट स्टाइन ग्रोङस्टाडले भर्डेन्स गाङ पत्रिकालाई बताए । 

‘उनीहरू राम्रो योजना बनाएर आक्रमणको रणनीति बुनिरहेका छन् र भाइरसका कारण राम्ररी समन्वय गर्न नपाएका इराकी बलहरूलाई विशेषगरी तारो बनाइरहेका छन् जस्तो हामीलाई लाग्छ । आईएसले रोड बम उपयोग गर्ने गरेको छ, उससँग अत्याधुनिक विस्फोटक छ र भारी हतियार पनि छ । उनीहरूले सीमाक्षेत्रको भूभागलाई आफ्नो फाइदाका लागि उपयोग गर्न जानेका छन् । अप्रिल महिनामा मात्र आनबार प्रान्तमा इराकी बलहरूमाथि आईएसले २० वटा आक्रमण गरेको थियो,’ ग्रोङस्टाडले बताए । 

नर्वेको टेलिमार्क बटालियन इराकमा रही इराकी सैनिकहरूलाई आतंकवादका विरुद्ध लड्न तालिम दिइरहेको छ । हालैका महिनामा उनीहरूले इराकी फौजसँग भौतिक सम्पर्क गर्न सकेको छैन किनकि महाव्याधि रोक्नका लागि सामाजिक दूरी अपनाउनुपरेको छ । आईएस चाहिँ गाउँहरूमा लुकेर बसेको छ र भाइरस संक्रमणको मारमा खासै परेको छैन । 

आईएसले आक्रमण गर्ने अनि हराउने हिट यान्ड रन रणनीति अपनाएको एक इराकी जनरलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्