०४ साउन २०८३, सोमबार

टोखाले नगरपालिकाले ५०० को कोरोना परीक्षण गर्ने

टोखाले नगरपालिकाले ५०० को कोरोना परीक्षण गर्ने
प्रतिकार्यात्मक तस्वीर।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाले विदेशबाट आएका व्यक्तिको आरडीटी र पिसिआर परीक्षण गर्ने भएको छ।  

विश्वव्यापी रुपमा फैलदै गएको कोभिड–१९ को सङ्क्रमण नेपालमा बढ्न थालेपछि सो नगरपालिकाले आरडीटी र पिसिआर परीक्षण गर्न लागेको हो।  नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले भर्खरै विदेशबाट आएका र विभिन्न जिल्लाबाट केही दिन पहिला काठमाडौँ भित्रिएर टोखामा बसोबास गर्दै आएका व्यक्तिको आरडीटी र पिसिआर परीक्षण गर्न लागिएको जानकारी दिए। 

जनप्रतिनिधि, स्वास्थ्यकर्मी, भर्खरै विदेशबाट आएका, विभिन्न जिल्लाबाट केही दिन पहिले टोखा आएका ५०० व्यक्तिको आरडीटी परीक्षण गर्न लागिएको हो । २०० व्यक्तिको पिसिआर परक्षिण गर्ने नगरपालिकाले जनाएको छ । 

यस्तै, नगरपालिकाभित्र दैनिक ज्याला मजदूरी गरेर गुजारा चलाउँदै आएका दुई हजार व्यक्तिलाई दैनिक खाना खुवाउँदै आएको छ । नगरपालिकाभित्रका स्टार टाउन र तिलिङ्गाटार माध्यमिक विद्यालयमा खाना पकाएर प्याकिङ गरेर श्रमिकको घरमा लैजाँदै आएको नगरप्रमुख अधिकारीले बताए।

salt training

कमेन्ट गर्नुहोस्