०८ साउन २०८३, शुक्रबार

विश्वभर कोरोनाबाट ३ लाखभन्दा बढीको मृत्यु, कोरोनालाई जित्नेको संख्या १७ लाखभन्दा बढी

विश्वभर कोरोनाबाट ३ लाखभन्दा बढीको मृत्यु,  कोरोनालाई जित्नेको संख्या १७ लाखभन्दा बढी

विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ३ सय ७२ पुगेको छ । हालसम्म सबैभन्दा धेरै अमेरिकामा ८६ हजार ९ सय १२ जनाको मृत्यु भएको छ । 

यस्तै १७ लाख ३ हजार ८ सय ८ जना उपचारपछि निको भएका छन् ।

वर्ल्डोमिटरले सार्वनजिक गरेको तथ्यांक अनुसार अमेरिकापछि सबैभन्दा धेरै मानिस संक्रमित मुलुकको दोस्रो नम्बरमा स्पेन रहेको छ । स्पेनमा २ लाख ७२ हजार ६ सय ४६ संक्रमित रहेका छन् भने २७ हजार ३ सय २१ जनाको मृत्यु भएको छ । 

यस्तै रसियामा कोरोना संक्रमितको स‌ंख्या २ लाख ५२ हजार २ सय ४५ रहेको छ भने २ हजार ३ सय ५ जनाले ज्यान गुमाउनु परेको छ । 

यस्तै बेलायतमा २ लाख ३३ हजार १ सय ५१ जना कोरोना संक्रमित भएका छन् भने ३३ हजार ६ सय १४ जनाको मृत्यु भएको छ ।

इटालीमा २ लाख २३ हजार ९६ संक्रमित हुँदा ३१ हजार ३ सय ६८ जनाको मृत्यु भएको छ । 

ब्राजिलमा १३ हजार ९ सय ९९ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने २ लाख ३ हजार १ सय ६५ जनामा संक्रमण देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्