२४ जेठ २०८३, आइतबार

जर्मनीको क्याफेले ग्राहकहरूलाई टाढा टाढा राख्न विचित्रको टोपी लगाउन दियो

जेठ २, २०७७
जर्मनीको क्याफेले ग्राहकहरूलाई टाढा टाढा राख्न विचित्रको टोपी लगाउन दियो

जर्मनीको एउटा क्याफेले आफ्ना ग्राहकहरूलाई घोचा भएको टोपी लगाउन दिएको छ । ग्राहकहरूबीच सामाजिक दूरी कायम गराउनका लागि यस्तो टोपी बाँडिएको हो । 

देशमा लकडाउन क्रमशः खुकुलो बनाउँदै लगिएपछि सामाजिक दूरी कायम गराउन विभिन्न प्रयास गरिन थालेका छन् । 

श्वेरिन भन्ने ठाउँमा क्याफे यान्ड कोन्डिटोरेइ रोथे बाहिर बसेका ग्राहकले स्विमिङ पूल नूडलहरू टाँसिएका स्ट्र ह्याट लगाउनुपर्ने बनाइएको छ । 

ग्राहकहरूले सामाजिक दूरीको नियम उल्लंघन नगरून् भनी क्याफेले यस्तो अनौठो टोपी बनाएको हो । 

क्याफेले त्यही टोपी बारम्बार प्रयोग गरे पनि त्यसलाई धुने गरेको छ कि छैन भनी मानिसहरूले चिन्ता व्यक्त गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्