२४ असार २०८३, बुधबार

जुम्ल्याहा छोराका दुई भिन्नाभिन्नै बुवा !

जेठ २, २०७७
जुम्ल्याहा छोराका दुई भिन्नाभिन्नै बुवा !
प्रतीकात्मक तस्वीर

चीनमा एक पुरुष आफ्ना जुम्ल्याहा छोराहरूको दुई फरक फरक पिता रहेको थाहा पाउँदा स्तब्ध भएका छन् । 

नाम नखुलाइएका ती पुरुषले जुम्ल्याहाको जन्मदर्ता गराउने क्रममा अनिवार्य रूपमा गरिने डीएनए परीक्षणका क्रममा यो कुरा थाहा पाएका हुन् । 

डीएनए परीक्षणको नतिजा हेर्दा पो ती पुरुषले थाहा पाए, उनकी पत्नीले अर्कै पुरुषसँग पनि यौन सम्बन्ध बनाएकी रहिछन् । 

डीएनए रिपोर्ट तयार पार्ने देङ याजुनले एक करोड केसमध्ये एकजनामा यस्तो हुने सम्भावना रहन्छ भनिन् । 

‘पहिलो, आमाले एकको साटो दुईवटा अण्डा एउटै महिनामा निकाल्दा जुम्ल्याहा जन्मिन्छन्,’ देङले चाइना न्युज वीक्लीलाई बताइन् । 

‘दोस्रो, महिलाले दुई पुरुषसँग निकै छोटो समयान्तरमा यौन गर्दा यस्तो स्थिति आउँछ ।’

‘डीएनए परीक्षण नतिजाले के देखाउँछ भने जुम्ल्याहाहरूकी आमा त एकै हुन् तर बाउ फरकफरक हुन् । कम्तीमा दुई बाउ छन्,’ देङले भनिन् । 

दुई फरक बाउबाट जन्मिएका जुम्ल्याहा अत्यन्तै दुर्लभ हुन्छन् र यस्तो स्थितिलाई अंग्रेजीमा हेटेरोपेटर्नल सुपरफिकन्डेसन भनिन्छ । 

दुवै अण्डा सेचन हुनका लागि महिलाले ओभुलेसनको एक दिनअघि वा पछि दुई फरक पुरुषसँग यौन सम्पर्क गरेको हुनुपर्छ । 

पतिलाई आफ्नो एउटो छोरो किन आफू जस्तो देखिँदैन भनी आश्चर्य लागेको थियो । 

डीएनए रिपोर्ट पढेपछि पति बेस्सरी रिसाए अनि पत्नीलाई 'के हो कुरा' भनी सोधे । 

पत्नीले शुरूमा त आफ्नो विवाहेतर सम्बन्ध नरहेको बताइन् अनि नतिजा बदलेको आरोप पतिमाथि लगाइन् । 

तर पतिले खोर्‍याएर सोध्दा पत्नीले अर्को पुरुषसँग एक रातका लागि सुतेको स्वीकार गरिन् । 

आफ्नो छोरोलाई हुर्काउने तर अर्काबाट जन्मेको छोरोलाई नहुर्काउने अड्डी पतिले लिइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्