
आगामी आर्थिक वर्षमा सरकारले स्वच्छ नेपाल अभियान सञ्चालन गर्ने भएको छ ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद बैठकमा वाचन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अभियानबारे जानकारी दिएकी हुन् ।
‘वातावरण र विकासबीच सन्तुलन कायम हुने गरी विकास आयोजना सञ्चालन गरिने छ,’ राष्ट्रपति भण्डारीले संसदमा भनिन्, ‘सरकारले स्वच्छ नेपाल अभियान सञ्चालन गर्नेछ । प्रदेश र स्थानीय तहको सहभागिता काठमाडौं उपत्यका, महानगरहरू र प्रदेश राजधानीलाई हरित शहरमा विकास गर्न शहरी वृक्षरोपणलाई व्यापक बनाइने छ ।’
फोहोर व्यवस्थापनमा आधुनिक प्रविधि उपयोग गरिने कार्य समेत सरकारको नीति तथा कार्यक्रममा परेको छ । ‘राजमार्गको निश्चित दूरीमा खानेपानी, शौचालय जस्ता सेवा केन्द्र स्थापना गर्न प्रोत्साहित गरिने छ,’ उनले भनिन् ।