सरकारले मेलम्ची खानेपानी आयोजनाबाट छिट्टै काठमाडौंमा पानी ल्याउने घोषणा गरेको छ ।
शुक्रवारको संसद बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्र्दै राष्ट्रपति विद्यादेवी भण्डारीले छिट्टै खानेपानी काठमाडौं पुर्याउने गरी कार्यान्वयनलाई तीब्रता दिइएको बताएकी छन् ।
‘सरकारले मेलम्ची खानेपानी आयोजनाबाट छिट्टै काठमाडौंमा पानी ल्याउने गरी कार्यान्वयनलाई तीब्रता दिइएको छ,’ सरकारको नीति तथा कार्यक्रम वाचन गर्दैै राष्ट्रपति भण्डारीले भनिन्, ‘आगामी आर्थिक वर्षभित्र यस आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरिने छ ।’
याग्री र लार्के खोलाबाट थप पानी उपलब्ध हुने गरी आयोजनाको दोस्रो चरणको निर्माण कार्य शुरू गरिने समेत सरकारको नीति तथा कार्यक्रममा परेको छ ।