सरकारले शुक्रबार प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पुरानै कार्यक्रमहरू दोहोरिएका छन् ।
संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत सो नीति तथा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पुरानै कार्यक्रम दोहोरिएका हुन् ।
गोदावरी हरैयामा विशेष आर्थिक क्षेत्र (सेज), कचंनपुरको दोधारा (चाँदनीमा सुख्खा बन्दरगाह, .लम्की डुंडेझारीमा औद्योगिक क्षेत्र, कञ्चनपुर दैजिमा औद्योगिक क्षेत्र, खुटिया दिपायल सुरुङ मार्ग निर्माणलगायत कार्यक्रम पुनः दोहोरिएका हुन् । औद्योगिक ग्रामलाई थप गरिने भएको छ । तथापी औद्योगिक ग्राम कार्यक्रम दशैभर लागु भएको छ ।
नीति तथा कार्यक्रममा डडेलधुरा अस्पताललाई विशेषज्ञ सेवा सहित स्तरवृद्धि गरिने भएको छ । आगामी बर्ष पश्चिम सेती अगाडी बढाइने, पञ्चेश्वर बहुउद्देश्यीय योजनालाई ठोस प्रस्ताव सहित अगाडि बढाइने, रानीजमरा कुलरिया सिँचाइ योजनाका शाखा नहर निर्माण गरी १४ हजार ३ सय हेक्टर जमिन सिचाइ र ७.७ मेगावाट विद्युत उत्पादन शुरू गरिने पनि नीति तथा कार्यक्रममा समावेश छ ।
त्यस्तै, बझाङ र बैतडी र दार्चुला लगायतका जिल्लामा खानी, चुन ढुंगा फलाम तामा पेट्रोललिय प्रदार्थ अन्वेषण उत्खनन गर्नेलगायत कार्यक्रम पनि समावेश गरिएका छन् ।
त्यस्तै, आगामी आवमा सुदूरपश्चिम प्रदेशमा पूर्ण विद्युतीकरण गरिने भएको छ ।