२३ जेठ २०८३, शनिबार

कांग्रेसले औंल्यायो नीति तथा कार्यक्रममा ३ खोट, २ वर्षका कार्यक्रम फेरि पढ्न देउवाको सुझाव

कांग्रेसले औंल्यायो नीति तथा कार्यक्रममा ३ खोट, २ वर्षका कार्यक्रम फेरि पढ्न देउवाको सुझाव

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्र्रसले सरकारले संसद्मा पेश गरेको नीति तथा कार्यक्रमले जनतामा आशा र विश्वास जगाउन पूर्ण असफल भएको आरोप लगाएको छ । 

एक वर्षे कार्यक्रमबाट बरालिएर नीति तथा कार्यक्रममा बहुवर्षीय कोरा कल्पना देखिएको कांग्रेसको टिप्पणी छ । 

सरकारका नीति तथा कार्यक्रममाथि आइतवार प्रतिनिधि सभामा शुरू छलफलमा भाग लिँदै प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा लाखौं नेपाली कोरोनाका कारण समस्यामा परेका नागरिक तथा भारतको सीमामा बिचल्लीमा परेका हजारौंलाई उद्धार गर्नेबारे कार्यक्रम मौन रहेको भन्दै विरोध जनाएका हुन् । 

‘हाम्रो अपेक्षा थियो सरकारले ल्याउने नीति तथा कार्यक्रमले कोरोनाका कारण उत्पन्न समस्यामा परेकाका लागि नयाँ कार्यक्रम आउँछ, तर सरकारको नीति तथा कार्यक्रमले अर्कै सन्देश दिएको छ,’ देउवाले भने । 

उनले अगाडि थपे, ‘पहिलो सन्देश कोभिडको क्षतिबारे सरकारलाई ज्ञान छैन, दोस्रो सरकारलाई जनताको दुःखप्रति कुनै संवेदना छैन र तेस्रो सरकारसँग भविष्यका लागि जनता आश्वस्त हुने कुनै योजना छैन ।’ 

देउवाले सरकरका वार्षिक नीति तथा कार्यक्रम एक वर्षेबाट बरालिएर बहुवर्षीय कोरा कल्पना गरेको र जनतामा आशा विश्वास जगाउन पूर्ण असफल भएको आरोप लगाए । 

महामारी नियन्त्रण गर्न सरकार पूर्णरूपमा चुकेको देउवाले आरोप लगाए । ‘विदेशमा अलपत्र र देशभित्र पनि घरबाहिर रहेका नागरिकलाई सुरक्षित रूपमा घर पुर्‍याउने योजना नभएकाले जनताले सरकारप्रति भरोसा गरेका छैनन्,’ देउवाले भने, ‘विदेशमा लाखौं नेपाली कोरोनाका कारण समस्यामा परेका छन्, भारतको सीमामा हजारौं बिचल्लीमा परेका छन् । तीनका बारेमा नीति कार्यक्रममा ठोस योजनाको अभाव छ ।’

देउवाले दुई वर्षका नीति तथा कार्यक्रम पुनः एकपटक पढ्न प्रधामनन्त्री केपी ओलीलाई आग्रह गरे ।

‘दुई वर्षका असत्य देउवालाई उजागर गरेको छ । दुई वर्षका कार्यक्रम हेरेर आफैं लज्जित हुनुपरेको छ ।’

यसअघि शुक्रवार संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्