
नेपालमा कोरोनाभाइरस (कोभड १९) बाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतवार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाका कारण अर्का एक व्यक्तिको मृत्यु भएको पुष्टि गरे ।
बाँकेको नैनापुरका २५ वर्षीय युवकको मृत्यु भएको र उनमा कोरोना संक्रमण पुष्टि भएको देवकोटाले जानकारी दिए ।
उनी गत वैशाख ३० गते भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।
उनको आज बिहान नैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा निधन भएको थियो ।
यसअघि सिन्धुपाल्चोककी एक सुत्केरीको मृत्यु भएको थियो । मृत्युपश्चात गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।