
विश्व प्रजातान्त्रिक युवा संघ (डब्लुएफडीवाई) ले नेपालको अतिक्रमित भूमि भारतले तत्काल छाड्नुपर्ने बताएको छ।
भारतले नेपालको भूमि मिचेर सडक बनाएको निश्कर्ष निकाल्दै संघले मिचिएको भूमि नेपालले नै पाउनुपर्ने बताएको छ।
संघको अन्तर्राष्ट्रिय समितिमा छलफल भएपछि संघले नेपालको पक्षमा उभिने निर्णय गरेको डब्लुएफडीवाईका अन्तर्राष्ट्रिय उपाध्यक्ष सुन्दर भुसालले जानकारी दिए। भारतले भूमि फिर्ता गर्ने पहल नगरे राष्ट्रसङ्घमार्फत दबाब दिन लगाउने निर्णय पनि सङ्घले गरेको छ।
सङ्घले भारत सरकारलाई तत्काल समस्या समाधान गर्न पनि आग्रह गरेको छ। सन् १८१६ को सुगौली सन्धि स्मरण गराउँदै सङ्घले दुई देशबीचको सीमा तनाव तत्काल अन्त्य गर्न माग गरेको छ।