
बिहीवार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्याले दिएको जानकारीअनुसार वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठिान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरीएको परीक्षणमा नयाँ संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार, झापाको कचनकवल गाउँपालिका ३, ६ र ८ का १८, १८, १९,१९, २२, २३,२३, २५, २६, २६, २८, ३०,३२,३७ र ४६ वर्षीय पुरुषहरूमा संक्रमण पुष्टि भएको छ ।
यस्तै धनकुटाका ३४ वर्षीय पुरुष, सुनसरीको धरान उपमहानगरपालिकाकी ५१ वर्षीया महिना संक्रमित भएकी हुन् ।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ ।