२१ जेठ २०८३, बिहीबार

विरोधपछि राप्ती प्रतिष्ठानमा सेवा पुनःसञ्चालन

विरोधपछि राप्ती प्रतिष्ठानमा सेवा पुनःसञ्चालन

दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीवारदेखि पुनः सम्पूर्ण स्वास्थ्य सेवा पुनः शुरू भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा बुधवारदेखि सेवा बन्दको विज्ञप्ति निकालेर सेवा बन्द गरेको प्रतिष्ठानले सबैतिरबाट विरोध आएपछि सेवा पुनःसञ्चालन गरेको हो । प्रतिष्ठानले कोरोनाका बिरामी नआउँदासम्मका लागि सेवा शुरू गरिएको विज्ञप्तिमा जनाएको छ । 

प्रतिष्ठानले सेवा बन्द गरेको घोषणालगत्तै यहाँका राजनीतिक दल, नागरिक समाज, अधिकारकर्मी र जनप्रतिनिधिले चर्को विरोध गरेका थिए ।  कोरोनाको मात्र उपचार शुरु गरिने भन्दै प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले सेवा बन्दको घोषणा गरेका थिए ।

प्रतिष्ठानले सञ्चालन गर्दै आइरहेको अन्तरंग र बहिरंग दुवै सेवा बुधबार पूर्ण रुपमा बन्द भएका थिए । प्रतिष्ठानमा कोरोना प्रयोगशाला र आइसोलेशन वार्ड सञ्चालनमा छन् । हाल प्रतिष्ठानमा करीब ३०  विशेषज्ञ चिकित्सक र एक सय स्वास्थ्यकर्मी कार्यरत छन् जहाँ दैनिक करीब चार सय  बिरामी नियमित स्वास्थ्य सेवा लिन आउने गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्