
आईडीपी एजुकेसनले नेपाली विद्यार्थीलाई विदेशी विश्वविद्यालय र कलेजसँग जोड्न मोबाइल एप ल्याएको छ।
विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई त्यहाँका उत्कृष्ट विश्वविद्यालय र कलेजसँग जोड्न आईडीपी एजुकेसनले ‘आईडीपी स्टडी अब्रोड’ एप सार्वजनिक गरेको हो।
आईडीपी नेपालका प्रमुख अविशेष श्रेष्ठका अनुसार सो एपमार्फत विद्यार्थीले विश्वभर रहेका विभिन्न कलेजको बारेमा घरमै बसेर जानकारी लिन सक्ने बताए।
कम्पनीले ५० वर्षको ज्ञान र अनुभवमार्फत विद्यार्थीलाई उत्कृष्ट कलेज र उनीहरुले अफर गर्ने विभिन्न कोर्षको जानकारी सहज रुपमा प्रदान गर्न मोबाइल एप सार्वजनिक गरेको उनले बताए।
एपमा विद्यार्थीले ६ सय ५० भन्दा बढी विश्वविद्यायलमा रहेका कोर्षको अध्ययन गरी आफूलाई मन परेको कोर्ष सर्टलिस्ट गर्न सक्नेछन् । विश्वविद्यालयको भर्नाको विषयमा निरन्तर अपेडमा बस्नका साथै त्यहाँ अध्ययन गरिरहेका विद्यार्थीहरुबाट सुझाव समेत लिन सकिने आईडीपीले जनाएको छ।