१० साउन २०८३, आइतबार

गाउँ जान खोजेका मजदूरको झोलाको लामो लाइन, पीडाको प्रतिनिधिमूलक तस्वीर

जेठ ९, २०७७
गाउँ जान खोजेका मजदूरको झोलाको लामो लाइन, पीडाको प्रतिनिधिमूलक तस्वीर

भारतको दिल्लीमा हजारौं झोलाहरू कडा घाममा लहरै राखिएका छन् । ती मजदूरका झोला हुन् । 

मजदूरहरू निरीह छन् । आफ्ना आँसु र पीडा यी झोलाहरूमा भरेर उनीहरू छायाँका लागि भवनको खोजीमा भौंतारिइरहेका छन् । 

केही क्षणका लागि आफ्नो घाइते आत्मा र दर्फर्‍याएको काँधलाई आराम दिँदै उनीहरू कडा घामबाट जोगिन प्रयास गरिरहेका छन् । मजदूरहरू फरक फरक ठाउँबाट वेस्ट विनोद नगर पुगेका हुन् । त्यहाँ गाउँ जाने मजदूरहरूको स्वास्थ्य परीक्षण गरिँदैछ । 

एक प्रहरी अधिकारी सोध्छन्– यति धेरै झोला कहाँ जान्छन् ? एक मजदूर भन्छन्– साब, यी झोलाहरू गाउँ जान चाहन्छन् । 

यी झोलाहरू आफ्ना मालिकसँग बिहान ४ बजे यहाँ आइपुगेका हुन् । दिउँसो ३ बजेसम्म यिनीहरू गाउँ जान कुरिरहेका छन् ।

यी झोलाहरू यस शताब्दीको सबभन्दा भयानक पलायनका साक्षी हुन् । झोलाका मालिकहरूका लागि पाइला पाइलामा दुःखका तीखा कीलाहरू छरिएका छन् । यी तिनै झोला हुन् जो गाउँबाट शहरमा आफ्ना प्रदेशको खानेकुराको

सुगन्ध लिएर आउँछन् । यी तिनै झोला हुन् जो शहरबाट गाउँ पुग्दा बच्चाहरूका लागि चकलेट र खेलौना बोक्छन् । 

यी तिनै झोला हुन् जसले मजदूरकी आमा, बहिनी र पत्नीका लागि सपना बोकेका छन् । तर कडा घाममा सेकिएका यी झोलाहरू यसपटक भने मजदूरका मैला कपडा र शहरले दिएको पीडाको कथा बोकेर जाँदैछन् । यीमध्ये केही झोला यस्ता पनि छन् जसले अब गाउँबाट कहिले पनि नफर्किने संकल्प लिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्