२८ असार २०८३, आइतबार

काठ व्यापारीसँग घुस लिने डिभिजन वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठ व्यापारीसँग घुस लिने डिभिजन वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय दोलखामा कार्यरत डिभिजन वन अधिकृत सन्तमाया श्रेष्ठविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

काठ व्यापार गर्ने व्यापारीहरूसँग घुस/रिसवत रकम उठाई सरकारी गाडीमा दोलखाबाट काठमाडौं आउँदै गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले श्रेष्ठलाई केही समय पहिले नियन्त्रणमा लिएको थियो ।

श्रेष्ठबाट बरामद भई दाखिला हुन आएको रकम रू २ लाख ३ हजार ५ सय रुपैयाँ जफत हुन माग दाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । 

‘डिभिजन वन कार्यालय, दोलखाका डिभिजन वन अधिकृत श्रेष्ठले कार्यालयबाट सेवा लिएका काठ व्यवसायीहरूसँग बिभिन्न बरबहानामा रकमको बार्गेनिङ गरी गर्न/लगाई आफ्नो जिम्मेवारी र पदीय दायित्व समेतको ख्याल नगरी बद्नियतपूर्वक काठ व्यवसायीहरूलाई अनुचित प्रभावमा पारी घुस/रिसवत दिन बाध्य पारी सो बापत रकम रू. २,०३,५००।– लिई निजबाट उक्त रकम बरामद भएको पुष्टि हुन आएकाले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसूर अपराध भएको देखिदा बिगो रू‍. २,०३,५००।– (दुई लाख तीन हजार पाँच सय रुपैयाँ) कायम गरी निज सन्तमाया श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा (१) को खण्ड (घ)बमोजिम सजाय हुनुका साथै निजले घुस/रिसवत लिएको बरामद भई दाखिला हुन आएको रकम रू. २,०३,५००।– भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ अख्तियारको विज्ञप्तिमा उल्लेख छ । 
अख्तियारले श्रेष्ठलाई फागुन ३० गते घुससहित भक्तपुरबाट नियन्त्रणमा लिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्