०४ असार २०८३, बिहीबार
संविधान संशोधन गृहकार्य

संविधान संशोधन अघि बढाउने कार्यव्यवस्थाको निर्णय, प्रस्तावको पक्षमा एकमत हुन दलहरूलाई सुझाव

संविधान संशोधन अघि बढाउने कार्यव्यवस्थाको निर्णय, प्रस्तावको पक्षमा एकमत हुन दलहरूलाई सुझाव

नेपालको नयाँ नक्सा अनुसार अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव अगाडि बढाउने सहमति प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा भएको छ ।

संसद सचिवालय सिंहदरवारमा आइतवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलीय सहमति कायम गरेर संविधान संशोधन प्रस्ताव अगाडि बढाउने सहमति भएको हो ।

विधेयक परिपक्व हुन ७ दिन लाग्ने र त्यसपछि संशोधन प्रक्रिया अगाडि बढाउने सहमति भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अग्नि सापकोटाले देशको नक्सा पारित भएपछि गर्न लागिएको संविधान संशोधनको प्रस्ताव सर्वसम्मत पारित हुनुपर्ने धारणा राखेका थिए । राष्ट्रियताका विषयमा सबै दल एक भएर सामूहिक निर्णय गर्नुपर्ने बताएका थिए । सापकोटाले आफूले पनि दलहरुसँग कुरा गर्ने भन्दै सहमतिका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।

कार्यव्यवस्था परामर्श समिति बैठकमा उपस्थित कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री डाक्टर शिवमाया तुम्बाहाम्फेले मन्त्रिपरिषद्मा कुरा लैजाने बताएकी थिइन् । प्रतिपक्षी दलका सांसदहरुले समेत संविधान संशोधन प्रस्तावमा सहमति जनाउने आश्वासन दिएका थिए ।

बैठकमा राजपाका सांसद लक्ष्मणलाल कर्णले आफूहरु संविधान संशोधनको विरोधी नभएको भन्दै संविधान संशोधनको प्रस्तावमा एउटै आवाज हुनुपर्ने बताएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए । ‘संविधान संशोधनको विषयमा सरकारले सहमति गरोस, हामीले विगतमा पनि उठाएको कुरा हो, संविधान संशोधनको विषय  एक मत बनाएर जाऔ’ उनले भनेका थिए ।

लिम्पियाधुरा, लिपुलेकसहितका अतिक्रमित गरिएका भूमि समेटी नयाँ नक्सा जारी गरेलगत्तै सरकारले गत शुक्रवार संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको थियो ।

कार्यव्यवस्था परामर्श समितिले सांसदहरुले लगाउने लोगो र संसदको रोष्ट्रममा रहेको प्रतीक चिन्ह अद्यावधिक नक्सा अनुसार परिमार्जन गर्ने निर्णय गरेको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्