
भारतको गुजरात पुगेका अर्घाखाँचीका एक युवाको मृत्यु नेपाल आउने क्रममा नेपाल भारत सिमामा निधन भएको छ । मृतक अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–९ का ३५ वर्षिया कृष्णबहादुर गैरे हुन् ।
नेपाल फकिँदै गरेका उनको कपिलवस्तुको कृष्णनगर नजिकै भारतको बढनीमा निधन भएको हो । नेपाल आउने क्रममा अर्घाखाँचीका एक युवाको मृत्यु भएको खुल्न आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिए । उनको मृत्युको कारण खुल्न सकेको छैन । उनको शब अहिले कपिवस्तुको कृष्णनगर सीमाको भारततर्फ पर्ने बढनीमा छ । नेपाल भित्राएर मृतकको स्वाब परीक्षण गराउने तयारीमा रहेको पौडेलको भनाइ छ ।
भएको शसस्त्र प्रहरी बल नेपाल भंसार राजश्व सुरक्षा गुल्म कृष्णनगरका शसस्त्र प्रहरी नायब उपरीक्षक शुसिल कुमार शाहीले जानकारी दिएका छ । शनिबार पनि भारतको नैतुवा क्वारेटनमा रहेका स्याङ्जा हरिनास गाउँपालिका २ चिसापानीका ३२ वर्षीय पुरुषको मृत्यु भएको थियो ।