२४ असार २०८३, बुधबार

आजतकले रक्षामन्त्री पोखरेलको भनाइ विवादित बनाउन गर्‍यो प्रयास

आजतकले रक्षामन्त्री पोखरेलको भनाइ विवादित बनाउन गर्‍यो प्रयास

भारतका सेनाप्रमुख एमएम नरवणेले ११ दिनअघि कालापानीको विषयमा एक बयान दिँदै नेपालले कसैको इशारामा यसलाई उचालेको भनेका थिए र अहिले नेपालका रक्षामन्त्री ईश्वर पोखरेलले त्यसको खण्डन गरेका छन् । 

आजतक टेलिभिजनको अन्लाइन संस्करणमा प्रकाशित खबरअनुसार, भारतीय सेनाप्रमुखको भनाइले नेपाली गोर्खा सैनिकहरूको भावना आहत भएको भनी रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् । 

आजतकले राष्ट्रिय समाचार समितिलाई रक्षामन्त्रीले दिएको अन्तर्वार्तालाई द राइजिङ नेपाल पत्रिकाबाट उद्धृतगरेको हो । कूटनीतिक विवादमा नरवणेले चीनतर्फ इशारा गर्नु निन्दनीय रहेको पोखरेलको भनाइ छ भनी आजतक लेख्छ । आवश्यक परेमा नेपाली सेनाले युद्ध समेत लड्ने (इफ नीडेड, इट विल फाइट) उनले बताएको उल्लेख गरिएको छ । 

नरवणेको बयान राजनीतिक बयानबाजी भएको र नेपाली सैनिकले यस्तो किसिमको राजनीतिक बयान कहिले पनि दिने नगरेको रक्षामन्त्रलीले अन्तर्वार्तामा बताएका छन् । 

भारतीय सुरक्षा बलमा नेपाली गोर्खाहरू भारत स्वतन्त्र हुनुभन्दा अघिदेखि नै रहेको र दुई देशबीचको विवादमा उनीहरूलाई टाढै राखिएको आजतक लेख्छ । भारतीय सेनामा लगभग ४० बटालियन गोर्खा सैनिक रहेको र तिनमा नेपाली सैनिकको संख्या ठूलो भएको जानकारी दिँदै आजतकले नेपालको रक्षामन्त्रीले भारत–नेपाल विवादमा गोर्खा समुदायलाई पहिलोपटक तानेको उल्लेख गरेको छ । 

तर नेपाली सेना यस विषयमा मौन रहेको र नेपाली सेनाका प्रवक्ता जनरल विज्ञानदेव पाण्डेले नरवणेको बयानमा प्रतिक्रिया दिन अस्वीकार गरेको आजतकमा लेखिएको छ । सोमवार पनि नेपाली सेनाका प्रवक्ताले नेपाली रक्षामन्त्रीको भनाइमाथि टिप्पणी गर्ने अधिकार आफूसँग नभएको बताएको भनी आजतक लेख्छ ।

salt training

कमेन्ट गर्नुहोस्