काठमाडौं, १४ वैशाख– गोर्खाज फाइनान्स लिमिटेडले आफ्ना सेयरधनीका लागि करिब २९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेको छ ।
कम्पनीले २ सेयर बराबर नयाँ १ सेयरको अनुपातमा १०० रुपैयाँ दरमा २८ लाख ९३ हजार ३ सय १३ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।
कम्पनीको हकप्रद सेयरको बिक्री २०७४ जेठ २ गतेदेखि खुल्ला भइ साउन ४ गते बन्द हुने छ ।
कम्पनीको हकप्रद सेयर खरिदका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भइ २०७४ वैशाख १९ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् ।