३० असार २०८३, मंगलबार

सिरियाको दमास्कसमा ठूलो विस्फोटन, हताहतीको विवरण छैन

कात्तिक २०, २०७४
सिरियाको दमास्कसमा ठूलो विस्फोटन, हताहतीको विवरण छैन

काठमाडौं, १४ वैशाख — सिरियाको राजधानी दमास्कसस्थित अन्तर्राष्ट्रिय विमानस्थलनिर ठूलो विस्फोट भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स नामक संस्थाले जनाएको छ ।


‘विस्फोट निकै ठूलो थियो र दमास्कससम्म सुनियो,’ लन्डनमा मुख्यालय रहेको संस्थाका प्रमुख रमी अब्देल रहमानले बताए ।

विमानस्थल दमास्कसबाट २५ किलोमिटर दक्षिणपूर्वी इलाकामा छ ।

विस्फोटपछि ठूलो आगो लागेको थियो । हताहतीको कुनै जानकारी छैन ।

विस्फोट कसले कुन उद्देश्यले गरायो भन्ने जानकारी आउन बाँकी छ ।

सन् २०११ देख सिरिया गृहयुद्धको चपेटामा छ ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्