०३ असार २०८३, बुधबार

विनोद खन्नाका बारेमा केही जानकारी थाहा पाइराख्नुस्

कात्तिक २०, २०७४
विनोद खन्नाका बारेमा केही जानकारी थाहा पाइराख्नुस्

काठमाडौं, १४ वैशाख — बलिउडका प्रसिद्ध अभिनेता विनोद खन्नाको मृत्यु भएको छ । लामो समयदेखि क्यान्सपीडित खन्नाको बिहीवार निधन भएको हो ।


हालै उनको एक तस्वीर पनि भाइरल भएको थियो जसमा उनी एकदमै कमजोर देखिन्थे ।

सन् १९४७ मा भारत र पाकिस्तान विभाजित भएपछि उनको परिवार भारत आएको थियो । पेशावरबाट उनीहरू मुम्बई आएका थिए ।

उनका मातापिताको नाम कमला र किशंनचन्द खन्ना थियो ।

सन् १९६० पछि उनले नासिकको एक बोर्डिङ स्कूलमा पढेका थिए र पछि सिद्धेम कलेजबाट वाणिज्य विषयमा स्नातक गरेका थिए ।

उनको फिल्मी यात्रा सन् १९६८ मा आएको 'मन का मीत' बाट भएको थियो ।

शुरुमा उनले खलनायकको भूमिका खेल्थे । केही फिल्ममा खलनायक खेलेपछि सन् १९७१ मा उनले एकल नायकका रूपमा 'हम तुम और वो' खेले ।

फिल्म करीयर चरममा पुग्दा अचानक फिल्मी दुनिया छोडेर उनी ओशो रजनीशका शिष्य भएका थिए ।

लामो समयपछि भने उनले फिल्मी संसारमा पुनरागमन गरेका थिए ।

उनी पञ्जाबको गुरदासपुरबाट भारतीय जनता पार्टीका सांसद समेत भएका थिए ।

सन् २००२ मा उनी संस्कृति तथा पर्यटन मन्त्री र त्यसको ६ महिनापछि विदेश मन्त्रालयका सहायक मन्त्री समेत भएका थिए ।

उनका प्रसिद्ध फिल्ममा मेरे अपने, मेरा गांव मेरा देश, इम्तिहान, इन्कार, अमर अकबर एन्थोनी, लहू के दो रंग, कुर्बानी, दयावान र जुर्म पर्दछन् ।

पछिल्लो समयमा उनले नायक नायिकाका पिताको भूमिका खेल्न थालेका थिए । दबंगमा उनले सलमानको बुवाको रोल खेलेका थिए ।

उनको अन्तिम फिल्म सन् २०१५ मा आएको दिलवाले थियो ।

उनका छोराहरू अक्षय खन्ना र राहुल खन्ना पनि बलिउडका नायक भएका थिए तर दुवैजना त्यति चल्न सकेनन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्