०३ असार २०८३, बुधबार

‘मैमत्त नेता भनेर छापेछ, धन्न सिङ हाल्दिएन’

कात्तिक २०, २०७४
‘मैमत्त नेता भनेर छापेछ, धन्न सिङ हाल्दिएन’

काठमाडौं १४ वैशाख– नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूलाई देवत्वकरण गरिएका भन्ने प्रचारको खण्डन गरेका छन् । नेपाल साप्ताहिकले ‘कमरेड मैमत्त’ शीर्षकमा कभर स्टोरी छापेको प्रसंङ्ग कोट्याउदै ओलीले आफू नेतामात्र भएको बताएका हुन् ।

‘एउटा म्यागेजिनले मलाई मैमत्त नेता भनेर छापेछ, धन्न सिंग हाल्दिएन, बिर्षेछ’ बिहीवार पार्टी केन्द्रीय कार्यालय धुम्बहराहीमा प्रचार विभागको भेलामा ओलीले भने, ‘शीर्षक मात्र सम्झना छ, गलत मनसायका साथ आएकोले केही भन्न परेन । मैमत्त होइन दृढता छ ।’

देवत्वकरण गरेको हुनाले मैमत्त लेखिएको प्रति असन्तुष्टि जनाउदै ओलीले भने, ‘मलाइ पुजा गरिएको होइन, नेता सम्झेर माला लगाइदिएको हो ।’

एमालेलाई हराउन नेपाली नबोल्ने एक्सपर्टः

अध्यक्ष ओलीले एमालेलाई चुनावमा हराउन प्रतिष्पर्धी दलले विदेशबाट स्वकल्ड एक्सपर्ट बोलाएका आरोप लगाए । उनीहरु नेपाली बोल्न नजान्ने र अग्रेजी र अर्को भाषा मात्र बोल्ने ओलीको दावी थियो । त्यसरी विदेशबाट ल्याइएकाहरु आईटी र मिडिया एक्सपर्टबाट चुनाव प्रचारका क्रममा एमालेको धज्जी उडाउन लागि परेको बताए ।
‘ती भाडाका कर्मी हुन, उनीहरु सुकर्मी नै हुन भन्ने छैन, कुकर्मी पनि हुन्छन्’ ओलीले भने ‘बाहिरबाट ल्याइएका भाडाका तत्वको सामना गर्नुपर्छ ।’

छानिएपछि उम्मेदवार ठीक

अध्य ओलीले पार्टीले घोषणा नगर्दासम्म उम्मेदवार ठिक नहुन सक्ने भएपनि उम्मेदवार छानिएपछि त्यही नै ठीक भनेर प्रचारमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

‘छानिएपछि त्यही नै ठीक हो, छानिएपछि ठीक उम्मेदवार छानियो भनेर मान्नु पर्छ’ ओलीले भने, ‘पार्टीले एउटा छायो भनेर तपाइ बस्नुभयो भने चरम बेठीकले जित्छ ।’

काग्रेसले एजेण्डा चोर्यो

अध्यक्ष ओलीले नेकपा एमालेले सुरु गरेको लोकप्रिय कार्यक्रम काग्रेसले चुनावी घोषणा पत्रमा समावेश गरेको आरोप लगाए । काग्रेस सभापति शेरबहादुर देउवाले नै औपचारिक ढंगवाट एमालेले लोकप्रियता कमाएको नारा काग्रेसले गरेको भनेर झुठ प्रचार गरेको ओलीको आरोप छ ।

salt training

कमेन्ट गर्नुहोस्