१२ असार २०८३, शुक्रबार

चक्रवातको प्रभाव नेपालमा पनि, केही दिन भारी वर्षा हुने

जेठ २१, २०७७
चक्रवातको प्रभाव नेपालमा पनि, केही दिन भारी वर्षा हुने

अरब सागरमा उत्पन्न एक  शक्तिशाली  चक्रवातले  दक्षिण  एसियालाई  प्रभाव पार्ने र त्यसको असर नेपालमा पनि पर्ने भएको छ । 

चक्रवातको  असरले नेपालमा केही दिन भारी वर्षा गराउनेछ । चक्रवात  बुधवार  बिहानसम्म  शक्तिशाली  स्वरूप लिएर अगाडि बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

'पूर्ण रूपमा चक्रवात नबन्दैको अवस्थामा पनि यति बेला भारतको गोवा क्षेत्रमा भारी वर्षा गराइरहेको छ । नेपालमा भने बुधबारदेखि बदली शुरू हुनेछ', मौसमविद् मञ्जु कँडेलले भनिन् । 

आउँदो  बिहीवार,  शुक्रवार  र  शनिवार  यसको  असर  नेपालमा  बढी  पर्ने  उनले  बताइन् । यसका कारण देशभर वर्षा हुने तथा पश्चिमका उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्