साउन ३०, २०७९
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाको मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसदमै फिर्ता पठा...
काठमाडाैं | जेठ २१, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीका बारेमा छलफल गर्न विज्ञहरूको समूहलाई बालुवाटार बोलाएका छन् ।
पछिल्लो समय जेठ ३२ गतेसम्मका लागि लम्ब्याइएको लकडाउनले पारेको असर तथा आगामी योजना कसरी बनाउने भन्नेबारे छलफल गर्न प्रधानमन्त्रीले स्वास्थ्य, अर्थ तथा सामाजिक क्षेत्रका २५ जना विज्ञहरूलाई बोलाएका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार अपराह्न ४ बजे छलफल हुने कार्यक्रम रहेको बालुवाटारनिकट स्रोतले जानकारी दियो ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले लकडाउन आवश्यक रहेपनि यसको स्वरूप परिवर्तन गर्ने विषयमा छलफल चलिरहेको बताए ।
‘हामीले निरन्तर विषय विज्ञहरूसँग छलफल गरिरहेका छौं, त्यहीलकडाउन मोडालिटीबारे केही विज्ञहरूलाई बोलाइएको हो,’ पोखरेलले भने ।
छलफलमा डाक्टर स्वर्णिम वाग्ले, डाक्टर भगवान कोइराला, डाक्टर सन्दुक रुइत, डाक्टर शंकर शर्मा, रामेश्वर खनाल लगायतका विज्ञहरू संलग्न हुनेछन् ।
कोरोनाले पारेको आर्थिक, सामाजिक लगायत सबै क्षेत्रको समीक्षा हुने र आगामी योजनाका लागि विज्ञहरूले प्रधानमन्त्रीलाई सल्लाह दिनेछन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलवार पनि उद्योगी व्यवसायीहरूसँग उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले छलफल गरेका थिए ।
‘उहाँहरूले पनि आफ्नो खालको सुझाव दिनुभएको छ,’ पोखरेलले भने, ‘विषय विज्ञहरूसँग छलफलमा निस्केको निष्कर्ष उच्चस्तरीय समन्वय समितिमा जान्छ, त्यसपछि त्यो गृहकार्यको फेजमा जान्छ । अनि प्रस्ताव तयार भएपछि मन्त्रिपरिषद्बाट पास हुन्छ ।’
प्रधानमन्त्री ओलीले संसदमा बोल्ने क्रममा विषय विज्ञहरूसँग छलफल गरेर यसका बारेमा आवश्यक निर्णय लिने बताइसकेका छन् ।
पछिल्लो समय कुनै तयारीविनै लकडाउनको अवधि बढाएको भनेर सरकारमाथि आलोचना भइरहेको थियो ।
कोरोनाले भन्दा पनि अन्य कारणले मृत्युको संख्या बढ्न सक्ने भन्दै जनस्वास्थ्यविदहरूले सरकारलाई चेतावनी दिँदै आइरहेका थिए ।
लोकान्तरसँग कुरा गर्दै जनस्वास्थ्यविद डाक्टर समीर दीक्षितले लकडाउनका कारण अन्य दीर्घरोगीहरूले औषधि पाउन नसकेको, बच्चाको खोप कार्यक्रम प्रभावित भएको, आर्थिक अभावका कारण डिप्रेसन सिर्जना भएको र आत्महत्याको डर बढ्दै गएकोमा चिन्ता प्रकट गरे ।
विश्व स्वास्थ्य संगठनले पनि बेलाबेलामा कोरोना भाइरस छिटै संसारबाट ननासिने बताउने गरेको छ । यससँगै जीवन जिउन आवश्यक पर्ने तौरतरिकाहरू अपनाउन बेलाबेलामा विश्वका नागरिकहरूलाई सुझाव दिँदै आइरहेको छ ।
‘यी सबै सन्दर्भहरूको आलोकमा रहेर प्रधानमन्त्री आफैंले विविध पक्षहरूसँग छलफलमा चासो देखाउनु सकारात्मक हो,’ प्रधानमन्त्री कार्यालयबाट फोन आएपछि आफूले केही प्रस्ताव तयार गरेको बताउँदै एक विज्ञले भने, ‘मुख्यतः अहिलेसम्मको डाइग्नोसीस एउटा महत्त्वपूर्ण पाटो हो । त्यसमा असाध्यै ठूलो कमजोरी देखिएको छ । कुनै अनुभव नै नभएका स्थानीय निकायका पदाधिकारीहरूलाई क्वारेन्टाइन व्यवस्थापनको जिम्मा दिइयो जुन ठीक भएन ।’
उनले थपे – ‘सिमित आर्थिक गतिविधिहरू संचालन गर्न दिनुपर्छ भन्ने मेरो प्रस्ताव हो । छिमेकमा रहेको पसल खोल्न नदिएपछि मान्छेहरू स्वतः टाढा पुग्छन् । यसले मान्छेहरूको भीड बढाएको छ । त्यो विषयमा पुनर्विचार हुनुपर्छ ।’
यससँगै उनले परीक्षणका लागि सरकारी संयन्त्रहरू मात्र अपुग हुने भएकाले प्राइभेट अस्पताललाई पनि खुला गर्नुपर्ने आफ्नो प्रस्ताव रहेको बताए ।
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाको मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संसदमै फिर्ता पठा...
सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने निर्णयअनुसार सिट बाँडफँट गर्न गठन गरेको कार्यदलको बैठक सोमबार बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्नेछ । बैठकमा मंसिर ४ को चुनावमा सिट बाँडफाँडको मोडालिट...
अधिकांश समय काठमाडौंकेन्द्रित हुने नेताहरू मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा भएपछि गाउँघरमा देखिन थालेका छन् । यसरी काठमाडौं छाडेर गाउँ आउनेमध्ये एमालेका केन्द्रीय सचिव योगेश भट्टराई पनि एक ह...
उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन् । गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जल विद्युत् शेयर पाउनुपर्छ भन्ने माग रा...
राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सन्देशसहित नागरिकता विधेयक–२०७९ पुनर्विचारका लागि संसदमा फिर्ता गरिदिएकी छन् । उनले प्रेषित गरेको सन्देशमा विधेयक सुधारको ठाउँसमेत औंल्याएकी छिन् । शीतल निवास स्रो...
आइतवार राति झापा र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । झापाको शनिश्चरे, दमक, कन्काई, मोरङको लेटाङ, सुनसरीको इटहरी, सप्तरीको फत्तेपुर लगायत क्षेत्रको धेरै स्थानमा भारी वर्षा मापन भएको जल...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...