०२ असार २०८३, मंगलबार

स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय

स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय

नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या २३ सय नाघेसँगै सरकारले स्वास्थ्य संकटकाल घोषणाको तयारी थालेकाे छ।

त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी गरेकाे हाे। स्वास्थ्य मन्त्रालयले संक्रामक रोग ऐन २०२० अन्तर्गत स्वास्थ्य संकटकाल लागू गर्न प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेकाे मन्त्रालय स्राेतले जनाएकाे छ।

संक्रामक रोग फैलिने देखिएमा सरकारले राेग रोकथामका लागि जनता वा कुनै व्यक्तिको समूह उपर लागु हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था याे ऐनमा छ।

स्वास्थ्य संकटकाल घोषणा गर्न मन्त्रालयले लक्षण नदेखिएका र कम देखिएका काेराेनाका संक्रमित घरमै आइसोलेसनमा बस्न सक्नेगरी मापदण्ड बनाइएको छ।

लकडाउनकाे आगामी रणनीति तय गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विज्ञहरुलाई बालुवाटार बाेलाएका थिए।

salt training

कमेन्ट गर्नुहोस्